image
image

'मेक इन नेपाल-स्वदेशी' को एप र वेबसाइट सार्वजनिक 

काठमाडौँ २० मङ्सिर । नेपाल उद्योग परिसंघले मेकइन नेपाल - स्वदेशी अभियानको छुट्टै एप्लिकेशन र वेबसाइट सार्वजनिक गरेको छ। नेपालमा औद्योगिककरण विस्तार तथा रोजगारी सिर्जना गर्नेगरी अघि बढाइएको यो अभियानमा धेरै भन्दा धेरै उद्योगीलाई जोड्नका लागि अनलाइन सुविधा दिनेगरी एप र वेबसाइट ल्याइएको संघका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिए। 

एप तथा वेबसाइटबाट अभियानमा जोडिन, जोडिन आवश्यक शर्तकाहरुका बारेमा जानकारी दिइने छ। उपभोक्ताहरुले पनि यसमा गएर कुन उद्योग जोडिएका छन् र त्यस्ता उद्योगको उत्पादन के कस्तो हो भनेर थाहा पाउनसक्ने छन्। 

अर्थतन्त्रलाई बलियो बनाउनका लागि औद्योगिकरण अत्यावश्यक भएको कुरा सबैले स्वीकार गरेको र त्यही अनुसार अभियान अघि बढेको उनको भनाइ छ। 'उत्पादनमुलक अर्थतन्त्रले देशलाई अघि लिनसक्छ। रोजगारी बढाउनसक्छ। यो कुरा सबैले बुझेका छन्। बजेटमा पनि उत्पादनमुलक अर्थतन्त्रलाई प्राथमिकता राखिएको छ' उनले भने। 

परिसंघले गत वर्षको फागुनमा यो अभियान सार्वजनिक गरेको छ। अभियान अन्तर्गत वार्षिक थप १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र वार्षिक १ लाख उद्योग दर्ता गराउने लक्ष्य रहेको छ। यसमा हालसम्म ४० उद्योग सहभागी भएको र यस्ता उद्योगको उत्पादन केही समयमै बजारमा देखिने अग्रवालले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।