परम्परागत घुम्ती गोठ लोप हुँदै, वैदेशिक रोजगारीको असार
काठमाडौँ, २१, मंसिर। परम्परागत घुम्ती गोठलाई किसानहरुले अझैसम्म पनि आयआर्जनको माध्यम बनाउन सकेका छैनन् । युवापुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुने र पाको पुस्ताले घुम्ती गोठलाई आधुनिकीकरण गरी व्यावसायिक प्रयोजनको रुपमा विकास गर्न नसक्दा घुम्ती गोठ केबल परम्परा धान्ने र दिन कटाउने माध्यम मात्रै बन्दै आएको छ ।
म्याग्दीको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकाका गाउँमा घुम्ती गोठ राख्ने प्रचलन छ । यहाँका किसानले खेतबारीलाई मलिलो बनाउन र बाँझो पाखाको घाँस खुवाउन मात्र घुम्ती गोठ राख्ने गरेको धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए । गाउँपालिकाले खेतीपातीसँगै घुम्ती गोठलाई आर्यआर्जनको माध्यम बनाउन विभिन्न कार्यक्रम ल्याए पनि किसानकै उदासिनताका कारण कार्यक्रम लाभदायी हुन नसकेको उनको भनाइ थियो ।
पछिल्लो समय भेडागोठ आयस्रोतको माध्यम बनेको पनि अन्य गाईभैँसीपालन गर्ने किसानले भने आयस्रोतको रुपमा विकास गर्न नसकेको अध्यक्ष पुनको भनाइ थियो । बाँझो जमिनलाई स्थानीयवासीले गाईभैैँसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठको रूपमा प्रयोग गर्दै आएका छन् । घुम्ती गोठ खेतीपाती टाढा भएको जग्गामा अस्थायी टहरा बनाएर गाइबस्तु राख्ने खेतीपातीको लागि जग्गा मलिलो बनाउन मल थुपार्ने प्रचलनमा मात्र सीमित रहेको धवलागिरि गाउँपालिका– १ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए ।
टाढा खेतीपाती भएको जग्गामा मल बनाउन र वरिपरी बाँझो रहेको जग्गाको घाँस खुवाउन घुम्ती गोठ कायम रहेको वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए । घुम्ती गोठ उक्त गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङमा छ । त्यस्तै रघुगङ्गाको चिमखोला कुइनमङगले र अन्नपूर्णको शिख, पाउद्वार र दोबामा भेडा र गाईभैँसीको घुम्ती गोठ देखिन्छ ।
पछिल्लो समय गाउँगाउँमा सडक र वैदेशिक रोजगारीले खेतीपाती गर्ने र पुशपालनको घुम्ती गोठ कम हुँदै गएका छन् ।जनतालाई विकास र आयआर्जनसँग जोड्ने काम जनप्रतिनिधिको भए पनि युवा पुस्तालाई कृषि र पशुपालनतर्फ रुचि नभएका कारण परम्परागत पेशालाई व्यवसायिक बनाउन नसकिएको जनप्रतिनिधिले बताए ।
कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयवासीले लाभ लिन नसकेका वडाध्यक्ष पुन स्वीकार्नुहुन्छ । घुम्ती गोठलाई व्यवस्थित बनाई त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भएपछि स्थानीयवासीको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उनको भनाइ थियो ।यहाँका युवा पुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रुचि छैन ।
उनका अनुसार यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो । विदेशबाटीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो ।