image
image

सिताके च्याउले बजार नपाउँदा किसान चिन्तित

काठमाडौँ, २१, मंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ तार्कुडाँडाका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका हुन् । १६ जना किसान मिलेर सिताके च्याउखेती सुरु गरिएको छ ।

पाँच सय कटुसको मुढामा च्याउ लगाइएकोमा पहिलो वर्ष अपेक्षित उत्पादन नभएको तार्कुडाँडा भङ्गरा कृषक समूहका अध्यक्ष उदयराज खनालले बताए ।

यसवर्ष भने रहर लाग्दो च्याउ उत्पादन भएको छ । मुढामा फलेका च्याउले किसानलाई उत्साहित बनाए पनि बजार नपाएपछि भने उनीहरु निराश बनेका छन् । अन्य च्याउले जस्तो सिताके च्याउले बजार पाउन सकेको छैन । एउटै मुढामा सयको हाराहारीमा च्याउ फलेको छ ।तर बजार पाउन सकेको छैन, उनले भने 

सिताके च्याउको मूल्य महँगो पर्ने भएकाले बजार नपाएको उनले बताए । सुरुमा रु ७०० प्रतिकेजीमा बिक्री गरेको च्याउ उत्पादन बढ्न थालेपछि रु ६०० मा बिक्री भइरहेको छ । बजार पाउन मुस्किल भएपछि अझै मूल्य घटाउने तयारी गरेका छौं, उनले भने, यस क्षेत्रका उपभोक्ताले सिताके प्रजातिको च्याउलाई चिन्न सकेका छैनन् ।

यो वर्ष असोज अन्तिमयता २०० केजी बढी च्याउ उत्पादन भइसकेको छ । अझै चार महिना उत्पादन हुने भएकाले कसरी बेच्ने यही चिन्ताले किसानलाई सताएको छ । अहिले उत्पादित च्याउ यहाँका कोत्रे, दुलेगौँडा, खैरेनीटार बजार क्षेत्रका घरघरै लगेर बिक्री गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।