image
image

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुँञ्जेलीको तलब एक करोड २ लाख रुपैयाँ

काठमाडौँ, २१, मंसिर। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेलीले गत आर्थिक वर्ष एक करोड २ लाख रुपैयाँ तलब बुझेकी छिन्। उनले ८ लाख ५० हजार रुपैयाँ दसैं भत्ता बुझेकी छिन्। उनको तलव पोहोर पनि यत्ति नै थियो। बैंकले आगामी २८ गते बार्षिक साधारणसभा गर्दैछ। सभामा प्रस्तुत गर्न लागिएको बार्षिक प्रतिवेदन अनुसार, खुँञ्जेलीले तीन लाख ७७ हजार रुपैयाँ इन्धन सुविधा लिएकी छिन्। यो पारिश्रमिकमा नाफाबाट पाइने बोनस जोडिएको छैन।

बैंकका प्रबन्धक तथा महाप्रबन्धकहरुले तलब ६ करोड ५७ लाख रुपैयाँ बुझेका छन भने भत्ता ३ करोड ६६ लाख रुपैयाँ बुझेका छन। उनीहरुले दसैं भत्ता ६२ लाख ८६ हजार, इन्धन सुविधा ५४ लाख २६ हजार रुपैयाँ बुझेका छन्। उनीहरुले नाफाबाट पाउने बोनस यहाँ जोडिएको छैन।
बैंकले गत आर्थिक बर्ष कुल कर्मचारी खर्च एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ गरेको छ। कार्यालय सञ्चालन खर्च एक अर्ब ११ करोड रुपैयाँ गरेको छ।

बैंकले गत बर्षको नाफाबाट चुक्ता पुँजीको २.०७ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर घोषणा गरेको छ। यो लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ। बैंकको हाल चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।