image
image

ओमिक्रोन भेरियन्टलाई लिएर के छ लकडाउनको तयारी 

काठमाडौँ, २१, मंसिर । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओम्रिकोन नेपालमा पनि भेटिएको छ । २ जनामा नयाँ भेरियन्ट पुष्टि भएपनि उनीहरु दुवै जना विदेशी नागरिक हुन् । तर, उनीहरु मंसिर ३ गते नै नेपाल आएका थिए । त्यसैले अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी र परीक्षणलाई प्राथमिकता दिईएको छ । सँगै, निषेधाज्ञा वा लकडाउन हुने हो कि भन्ने पनि मानिसहरुको चासोको विषय बनेको छ ।  

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने लकडाउन गर्ने वा नगर्ने भन्नेबारे छलफल हुन बाँकी रहेको बताएका छन् । उनले पहिलो विकल्प नै लकडाउन नभएकाले यसबारे छलफल गरेर मात्रै आवश्यक निर्णय लिईने बताए । 

‘लकडाउनको विषयमा अहिले नै निर्णय भईसकेको छैन, सबैभन्दा महत्वपूर्ण र हामीले प्राथमिकतामा खोपलाई राख्नुपर्छ’ उनले भने, ‘सुरुमा त परीक्षण, संक्रमण पुष्टि भएकाहरुको निगरानी र संक्रमण फैलन नदिन जनचेतना फैलाउने कुरा हुन्छ, त्यसका लागि अस्पतालको व्यवस्थापनमा मन्त्रालय जुटिसकेको छ, लकडाउनमै जानुपर्छ भन्ने सोच छैन ।’

विज्ञहरुका अनुसार पनि संक्रमण दर तीव्र भएपनि यसको मृत्युदर एकदमै कम छ । जसका कारण संक्रमण पुष्टि भएकालाई राम्रोसँग व्यवस्थापन गर्न सकिए कोरोनाको नयाँ भेरियन्टबाट बच्न र बचाउन सकिने उनीहरुको तर्क छ । त्यसैले पनि मन्त्रालयले अहिले नै लकडाउनबारे केही नसोचेको बताएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।