राजश्व चुहावट गर्ने पाँच जना विरुद्ध मुद्दा दायर
काठमाडौँ २० मङ्सिर । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले बाराको करैया गाउँपालिका वडा नं. ७ को यादव बिजनेश ट्रेड लिंकका प्रोपाइटरसहित पाँच जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले उक्त ट्रेडका प्रोपाइटर सोनालाल प्रसाद यादव, जयकिशोर साह, परमेश्वर शाह, मुकेशकुमार झा र सानुकुमार श्रेष्ठ विरुद्ध २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ सजायको माग दावी सहित मुद्दा दायर गरेको हो । जसमा १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ विगोको शतप्रतिशत सजाय हुने बिगो रहेको छ ।
उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरि झुठा तथा नक्कली मूल्य अभिबृद्धिकर विजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजश्व चुहावट गरेको विभागको आरोप छ । उनीहरुविरुद्ध जरिवानासहित तीन वर्षको कैद सजाय माग दावी गरि अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।