सर्वसाधारणलाई बन्देज गरिएको वस्तु उच्चपदस्थलाई निस्फिक्री
काठमाडौँ २० मङ्सिर । सरकारले केहि समयदेखि वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको कडा चेकजाँच गर्ने गरेको छ । सरकारले वैदेशिक रोजगारीबाट पर्किने क्रममा ल्याईने मोबाईल ल्यापटप तथा सुनलाई भन्सार तिराउने गरिएको छ। भन्सार तिराउनका लागि विमानस्थालमा कडा चेकजाँच गर्दै सामान बरामद समेत गर्ने गरिएको छ । तर यता भीआईपी, मन्त्री तथा उच्चपदस्थ व्यक्तिले भने खुलेआमा यस्ता बस्तु भित्रायाउने गरेको पाईएको छ ।
सरकारले नेपालीहरूले ल्याउने सुनचाँदीमा कडाइ गर्दै गर्दाको समयमै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कोटाभन्दा धेरै वस्तु नेपाल छिराएका छन्। भन्सार नियमनभन्दा बढी बहुमूल्य घडी, आईफोन, रक्सी जस्ता सामान मन्त्री आलेले भन्सार छलेर ल्याएका थिए। तर त्यहि समय सर्वसाधारणले ल्याउदा भने बरामद हुने गरेको छ ।
विदेशबाट आउँदा भीआईपी र सर्वसाधारणको बाटो फरक हुन्छ। लगेज सँगै हुने भएपनि ह्यान्ड क्यारी भीआईपीले छुट्टै ल्याउन पाउछन् । विमानस्थल भन्सार कार्यालयले भीआईपीका लागि पनि एक्सरे जाँच गर्ने व्यवस्था गरेको छ। तर त्यहाँ खटिने कर्मचारीको स्थायी दरबन्दी छैन। अर्थात त्यो डेस्कमा भन्सारका कर्मचारी नियमित बस्दैनन् यसको फाईदा उठाउदै उच्चपदस्थका व्यक्तिले भन्सार छलेर समान भित्रयाउने गरेका छन् ।