image
image

शोमा जादैँ गरेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज विमानस्थलबाटै पक्राउ

काठमाडौँ, २० मंसिर। शोको लागि दुबइ जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ परेकी छिन् । ज्याकलिनविरुद्ध प्रवर्तत निर्देशनालय (इडी)ले लुकआउट नोटिस जारी गरेपछि उनलाई पक्राउ गरिएको थियो । यद्यपि उनलाई विदेश जान रोकिएको भए पनि पक्राउ गरेको केही समयपछि छोडिएको छ । उनी दुबइ जान पाउने छैनन् तर अहिले हिरासतमा पनि छैनन् ।

ज्याकलिनलाई दिल्लीमा इडीसमक्ष सोधपुछका लागि उपस्थित हुन सूचित गरिएको छ । इडीले उनीविरुद्ध छिटै नयाँ समन जारी गर्नेछ । ज्याकलिनविरुद्ध यो लुकआउट नोडिस मनी लन्ड्रिङ केसमा जारी गरिएको हो । उनीसँग केही महिना पहिले दिल्लीमा इडीका अधिकारीले सोधपुछ पनि गरेका थिए । इडीले २०० करोडको लेनदेनमा सुकेश चन्द्रशेखरसहित अन्यविरुद्ध चार्जशीट दायर गरेको छ । अनुसन्धानमा सुकेश र ज्याकलिनबीच पैसा लेनदेनको प्रमाण भेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।