image
image

यातायात व्यवस्था विभागले माग्यो १ सय २२ करार कर्मचारी

काठमाडौँ १९ मङ्सिर । यातायात व्यवस्था विभागले देशभरका विभिन्न यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवश्यक कर्मचारी माग गरेको छ। विभागले आइतबार सूचना जारी गरि १ सय २२ जना करारका कर्मचारी माग गरेको हो।

विभागले दर्ता सहायक २५ जना, इनरोलमेन्ट अपरेटर ३५ जना, स्टोर किपर ९ जना, मेकानिक ४६ जना र रनर ७ जना माग गरेको हो। विभागका अनुसारी यी कर्मचारीले विर्तामोड, इटहरी, लाहन, जनकपुर, बर्दिवास, वीरगञ्ज, हेटौंडा, भरतपुर, काठमाडौं, ललितपुर, कावासोती-नवलपुर, पोखरा, बाग्लुृङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र अन्य विभागले तोकेका यातायात व्यवस्था कार्यालय वा सवारी परीक्षण कार्यालयमा खटाउने जनाएको छ। 

उनीहरुको सेवा अवधि सम्झौता मितिबाट १५ दिनभित्र सुरु भइ २०७९ असार मसान्तसम्म रहने छ भने विभागले आवश्यकता र स्रोत सुनिश्चितताका आधारमा अवधि थप गर्न सकिने जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।