image
image

धोबी खोलामा मृत फेला परेको शव कसको रहेछ ? 

काठमाडौँ  १९  मङ्सिर  । काठमाडौँ को धोबी खोलामा एक पुरूषको शव फेला परेको छ। काठमाडौँ  महानगरपालिका वडा नम्बर ७ रातोपुल र कालोपुलबीचमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 


उनका अनुसार भक्तपुर चाङ्गुनारायण नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय विशाल कार्की मृत फेला परेका हुन्। उनको शव आइतबार दिउँसो फेला परेको हो। उनी त्यस क्षेत्रमा फोहोर मैलामा काम गर्थे।

उनको परिवार सम्पर्क आएपछि उनको पहिचान खुलेको हो। शवको पोष्टमार्टम गर्न महराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। 

उनको मृत्यु कसरी भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।