image
image

स्रोत नखुलेको ६९ लाखसहित एकजना पक्राउ

काठमाडौँ  १९  मङ्सिर  । पक्राउ परेका खनालसँग प्रहरीले एक हजार दरका १ सय वटा भएको ४९ बण्डल, ५ सय दरको १ सय वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ।

काठमाडौं- प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो।  

पक्राउ परेका खनालसँग प्रहरीले एक हजार दरका १ सय वटा भएको ४९ बण्डल, ५ सय दरको १ सय वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ। पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।