रेल्वे अध्यादेश जारी भए पनि सञ्चालनको अन्योल भने यथावत् , किन ?
काठमाडौँ १९ मंसिर । रेल्वे अध्यादेश, २०७८ जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भए पनि सञ्चालनको अन्योल भने यथावत् छ । बजेटको अभावमा सो रेल सेवा कहिलेदेखि सञ्चालनमा आउने भने अझै सुनिश्चित हुन सकेको छैन । माग गरिएको रकम उपलब्ध नभएसम्म सो रेल सेवा सञ्चालनमा आउन नसक्ने नेपाल रेल्वे कम्पनीले स्पष्ट पारेको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल्वे अध्यादेश जारीसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि सबै प्रकारका कानुनी बाधा अड्चन समाप्त भए पनि आवश्यक बजेटको सुनिश्चितता नभएसम्म सो रेल सेवा सञ्चालन गर्न नसकिने बताए। रेल्वे कम्पनीले रकमको सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग प्रक्रिया अगाडि बढाएको छ ।