भालुको आक्रमणबाट २ जना पुरुष गम्भीर घाईते
काठमाडौँ, १९, मंसिर । जिरी नगरपालिका वडा नम्बर ९ मा भालुको आक्रमणबाट २ जना पुरुष गम्भीर घाईते भएका छन् । जिरी नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय जगत बहादुर सुनुवार गम्भिर घाइते भएका छन् भने सोहि स्थानका टिका बहादुर सुनुवार सामान्य घाईते भएको प्रहरीले जनाएकोे छ ।
हिजो बिहान ७ः३० बजेको समयमा गोठ नजिकै घाँस काट्ने क्रममा भालुले आक्रमण गरेको थियो ।आक्रमणबाट गम्भीर घाईते भएका २ जनालाई काठमाडौं स्थित विर अस्पताल लगि ट्रमा सेन्टरमा उपचार भैरहेको जिरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ज्ञान बहादुर सुनुवारले जानकारी दिनुभयो ।