नागरिक एपमा वैदेशिक रोजगार विभागबाट प्रवाह हुने
काठमाडौँ, १८, मंसिर । अब नागरिक एपबाट नै वैदेशिक रोजगारी श्रम स्वकृतिका लागि आवेदन दिन पाइने भएको छ । वैदेशिक रोजगार विभागबाट प्रवाह हुने अनलाईन सेवाहरुमा स्टिकर नम्बरका आधारमा प्री पर्मिसन डिटेल्स खेज्न मिल्ने साथै वैदेशिक रोजगारीको खोजी गर्न मिल्ने सेवा थप भएको छ ।
वैदेशिक रोजगारीमा जानका लागि नागरिक एपबाटै श्रम स्विकृतीका लागि आवेदन दिन सक्ने गरि काम अगाडी बढाइएको छ । श्रम स्विकृती गर्दा भिडभाड भयो भनि जनगुणासो समेत आएको र त्येसैलाई मध्यनजर गर्दै एपबाटै आवेदन दिदाँ कम समयमा सबै काम हुने, खर्च जोगिने र नागरिकलाई सहज हुने, विभागले आधिकारिकता जाँच गर्न थप श्रोत साधन खर्च गरिरहनु नपर्ने जस्ता फाईदाहरु हुनेछन ।
साथै यातायात व्यवस्था विभागको Electronic Driving License (EDL) प्रणालीको महसुल तिर्ने, राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको राष्ट्रिय परिचयपत्र (NID), भौतिक पूर्वाधार विकास मन्त्रालय (बागमती प्रदेश) को Vehicle Registration System (VRS) प्रणाली, नेपाल स्वास्थ्य व्यवसायी परिषदका अनलाईन सेवाहरु, नेपाल ईन्जीनियरिङ परिषदका अनलाईन सेवाहरु, नेपाल मेडिकल परिषद्का अनलाईन सेवाहरु, नेपाल नर्सिङ परिषद्का अनलाईन सेवाहरु, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि आवेदन तथा Re-entry लागएतका थप सेवाहरु आवद्द गर्न नागरिक एप लागिरहेको छ । उल्लेखित निकायहरुमा आवश्यक समन्वय भईरहेको तर ति प्रणालीहरु सँग अन्तरआवद्द गर्न आवश्यक प्राविधिक डकुमेन्ट (API) उपलव्ध नभएका कारण पुनस् ताकेता गरिएको नागरिक एपले जनाएको छ ।