image
image

कोशी टप्पु क्षेत्रलाई कृषि पर्यटनको केन्द्र बनाइने

काठमाडौँ, १८, मंसिर । बेलका नगरको सदरमुकाम रामपुरबाट करिव चार किमी दक्षिणपूर्वमा रहेको कोशी टप्पु क्षेत्रलाई कृषि पर्यटकीय गन्तव्य बनाउने गरी काम थालिएको छ । निकट भविष्यमा ७००विघा जमिनमा ५० वटा पोखरी बनाउने तयारी गरिएको छ । उक्त पोखरी वरपर फन पार्क, कर्टेज निर्माण, र बोटिङसमेत गर्न मिल्ने गरी डिपिआर गर्न लागिएकोे अध्यक्ष कार्कीले जानकारी दिए ।

“कोशीको किनारलाई प्रदेश कै आकर्षक गन्तव्य बनाउन हामी लागेका छौँ । यसमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोग रहेको छ, उनले भने, यहाँ पाइने बदेल, हरिण, मृग, अर्नालगायत अन्य जङ्गली जन्तु अवलोकन गर्न सकिने छ ।

पर्यटकहरुलाई यही उत्पादन भएको माछा, अन्य सागसब्जी खुवाएर बिदा गर्छौ । पर्यटकहरुलाई धेरै दिनसम्म राख्न प्राङ्गारिक खानेकुरा मात्र पाउने घरबास, होटल र स्विमिङ पुल निर्माणको तयारी थालिएको छ । विशेषगरी माछाका परिकारहरु बनाउने र माछाका सुकुटी विदेश निर्यात गर्ने गरी व्यवसाय थालिएको अध्यक्ष कार्कीले बताए ।

यहाँ कोशी किनारबाट सूर्योदय हेर्न, कोशी टप्पु बन्यजन्तु आरक्ष वरपर रहेका हरिण, मृग, बदेल, अर्नाजस्ता जनावर देख्न सकिन्छ । यस क्षेत्रमा ठूलो मात्रामा एलानी जमिन छ । कोशी कटानबाट बनेको समथल भूभागमा विभिन्न जिल्लाबाट आएका कृषकहरुले भैसी पालन र कृषि पेशा गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी उदयपुर, र सुनसरीका बजारमा बिक्री हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।