image
image

पैसा दोबर बनाइदिने प्रलोभनमा ठगियो १ करोड २२ लाख

काठमाडौँ १७ मङ्सिर । सापटी दिएको रकम केही दिनको अन्तरालमा दोबर पारेर दिने गफ विश्वास गर्दा केही व्यक्ति करोडौँ रकम ठगिन पुगेका छन्। चिन्दै नचिनिएका र कहिल्यै भेटघाट नभएका मान्छेप्रति सामाजिक सञ्जालमा भएको कुराकानीकै आधारमा ठगी भएको रहस्य बाहिर आएको छ। जसमा १ करोड २२ लाख रुपैयाँ ठगिन पुगेको रहस्य प्रहरीले पत्ता लगाएको हो। 

यसरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जना पक्राउसमेत परेका छन्। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन्। 

उनीहरूमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा बेन्जामिन फ्रयाङ्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाइ सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोबर रकम फिर्ता दिने प्रलोभन देखाएका थिए। 

ती विदेशी नागरिकले प्रलोभनमा पारेर भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बर प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खाताबाट ७८ लाख, भुजेलको नामको नविल बैंकको खाताबाट ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिसबाट थप रकमसमेत गरी ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ। ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।