image
image

तीन महिनामा ६६ हजार बढीले लिए अन्तिम श्रम स्वीकृति

काठमाडौँ, १७, मंसिर । चालु आवको असोज मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ६६ हजार ३ सय १६ पुगेको छ ।

यसमा संस्थागत, व्यक्तिगत–नयाँ र वैधानिकीकरण समेत जोडिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा  ३४ हजार ८ सय २३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा बढी साउदी अरेबिया गएका छन् । असोज मसान्तसम्म साउदी अरेबिया वैदेशिक रोजगारमा जानेको संख्या ३० हजार ६ सय १८ जना रहेको छ । यो कुल वैदेशिक रोजगारीमा जानेको झन्डै आधा रहेको छ । तथ्यांक अनुसार साउदी अरेबिया जाने मात्रै ४६.२ प्रतिशत रहेको छ।

चालु आवको पहिलो तीन महिनामा कतारमा मात्रै २३ हजार ३ सय ३८ जना पुगेका छन् । पछिल्लो समय धेरै नेपालीहरु जाने तेस्रो श्रम गन्तव्यको रुपमा युएई रहेको छ । कोरोना महामारीको समयमा पनि वैदेशिक रोजगारीको लागि २० भन्दा बढी देशमा नेपालीहरु पुगेका छन् ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल ३४ हजार ३ सय २३ जनाले पुनः वैदेशिक रोजगारीमा जानको लागि अनुमति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी कतार जानेहरुको रहेको छ । १६ हजार ८ सय २५ जनाले कतारको लागि पुनः श्रम स्वीकृति माग गरेको विभागले जनाएको छ । त्यसैगरी युएई र साउदी अरेबियाको लागि श्रम स्वीकृति लिनेको संख्या क्रमशः ८ हजार ७ सय ८४ र ६ हजार ४ सय ६७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।