image
image

३ महिनामा रोजगारीका लागि सबैभन्दा बढी साउदी गए

काठमाडौँ, १७, मंसिर । पछिल्लो समय विदेश जाने नेपाली कामदारको संख्या बढेको छ ।  वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा बढी साउदी अरेबिया गएका छन् । असोज मसान्तसम्म साउदी अरेबिया वैदेशिक रोजगारमा जानेको संख्या ३० हजार ६ सय १८ जना रहेको छ । यो कुल वैदेशिक रोजगारीमा जानेको झन्डै आधा रहेको छ । तथ्यांक अनुसार साउदी अरेबिया जाने मात्रै ४६.२ प्रतिशत रहेको छ ।

तथ्यांक अनुसार नेपालीहरुको दोस्रो श्रम गन्तव्यको रुपमा कतार रहेको छ । सन् २०२२ को नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा विश्व कप फुटबल प्रतियोगिता हुने कार्यक्रम रहेको छ । विश्वकप फुटबलकै तयारीको लागि धेरै नेपाली कामदार कतारमा कार्यरत रहेका छन् । चालु आवको पहिलो तीन महिनामा कतारमा मात्रै २३ हजार ३ सय ३८ जना पुगेका छन् । 

पछिल्लो समय धेरै नेपालीहरु जाने तेस्रो श्रम गन्तव्यको रुपमा युएई रहेको छ । कोरोना महामारीको समयमा पनि वैदेशिक रोजगारीको लागि २० भन्दा बढी देशमा नेपालीहरु पुगेका छन् । 
नेपालीहरुको आकर्षक श्रम गन्तव्यको रुपमा रहेको दक्षिण कोरियाको लागि चालु आवको पहिलो ३ महिनामा श्रम स्वीकृति लिनेको संख्या जम्मा १८ जना मात्र रहेको छ ।

रोमानिया, साइप्रस, बहराइन, टर्की, माल्दिभ्स, ओमान, पोल्यान्ड, अफगानिस्तान, कुवेत, माल्टा, जापान, मलेसिया, दक्षिण कोरिया, जोर्डन, लेबनान र इजरायल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।