आज निको हुने भन्दा संक्रमित बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ १६ मङ्सिर । आज नेपालमा कोरोना भाइरसका ३ सय १५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज २ सय १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ हजार ३ सय ९६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ९८ र एन्टिजेन विधिबाट १७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।