वैदेशिक रोजगारीमा जानेलाई विमानस्थलमा सुविधा सहित छुट्टै विश्रामकक्ष
काठमाडौँ १६ मङ्सिर । त्रिभुवन विमानस्थलभित्र वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि विश्राम कक्षको उद्घाटन भएको छ ।वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नु अगाडी नै श्रमिकहरु बस्न मिल्ने गरी बनाईएको विश्राम कक्षको पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले बुधबार उद्घाटन गरेका हुन् ।
विश्राम कक्षमा ३० जना जति अट्ने, फ्रि वाइफाइ, चार्जिङ प्वाइन्ट, टिभी, खानेपानी, टेलिफोन र उडानबारे जानकारी पाउन डिजिटल डिस्प्लेको पनि व्यवस्था गरिएको छ ।
विश्राम कक्षमा ३० जना जति अट्ने, फ्रि वाइफाइ, चार्जिङ प्वाइन्ट, टिभी, खानेपानी, टेलिफोन र उडानबारे जानकारी पाउन डिजिटल डिस्प्लेको पनि व्यवस्था गरिएको छ ।