image
image

हनुमान मन्दिरलाई बाजा सामग्री प्रदान

काठमाडौँ, १६, मंसिर । सनातन धर्म र संस्कृति संरक्षण गर्ने उद्देश्यले दैनिक भजनकीर्तन कार्यक्रम आयोजना गर्दै आएको विर्तामोडको मुक्ति चोकस्थित हनुमान मन्दिरलाई बाजा सामग्री प्रदान गरिएको छ ।वडा कार्यालयबाट ४३ हजार रुपैयाँ मूल्य बराबरको हार्मोनियम र ढोलक मन्दिरलाई हस्तान्तरण गरेको  वडाध्यक्ष अग्नि पाण्डेले बताए । उनले मन्दिरमा दैनिकजसो ज्येष्ठ नागरिक भेला हुने र भजनकीर्तन गर्दै आएकाले सो सामग्री उपलब्ध गराएको बताए ।

मन्दिरमा भजनकीर्तन मण्डली नै गठन गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन गर्छन् । ‘भगवान्को नाममा भजन गाउँदा मनलाई आनन्दित तुल्याउँछ,’ ७० वर्षीय नन्दाप्रसाद बाँस्तोलाले भने, ‘एकातिर दुःख,पीडा, वेदना सबै भुलिन्छ भने अर्कोतिर हाम्रो मौलिक संस्कार र संस्कृति पनि संरक्षण भइरहेको छ ।’

पौराणिककालदेखि नै हिन्दू समाजमा पूजाआजा, गर्नुका साथै धार्मिक तीर्थस्थलमा भजनकीर्तन गर्ने र नाच्ने प्रचलन रहेको साहित्य चौतारीका जिल्ला अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।