image
image

साउदी र युएईमा ओमिक्रोन फेला

काठमाडौँ, १६, मंसिर । नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरेबिया र युएईमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । साउदी अरेबियाले एक जनामा ओमिक्रोन संक्रमणको पुष्टि भएको जनाउदै ती व्यक्तिलाई अलग गरेको जनाएको छ ।अहिले ती व्यक्तिलाई छुट्टै आइसोलेसनमा राखिएको र उनीसँग सम्पर्कमा रहेकाहरूलाई अलग्गै राखि सबै रोकथाम उपायहरू पालना गर्न अनुरोध गरिएको बताइएको छ । 

यसैगरी युएईमा पनि एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार अफ्रिकी राष्ट्रबाट आएको एक व्यक्तिमा नयाँ भेरियन्टको ओमिक्रोन पुष्टी भएको जनाएको छ ।

यो सँगै करिब दुई वर्ष थला परेका वैदेशिक रोजगार व्यवसायी कोरोनाविरूद्धका खोप आएपछि केही उत्साहित भएपनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि पुनः तनावमा देखिन थालेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।