image
image

एनएमबि बैंक इतिहास रच्दै एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल

काठमाडौँ, १६, मंसिर । एनएमबि बैंक इतिहास रच्दै एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ।  एनएमबी बैंक लिमिटेड सन् २०२१ का लागि एसियाकै सर्वोत्कृष्ट बैक बन्न सफल भएको हो।

एसियामा रहेका ४८ देशका बैंकहरुलाई पछाडी पार्दै एनएमबिले नेपालमै पहिलो पटक ुबैंक अफ दि एयर २०२१ एसियाु को अवार्ड जितेको हो। यसअगाडी न्युजिल्याण्ड, चाइना, सिंगापुर, र कोरियाका बैंकले यो अवार्ड जितेका थिए। 

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्।  

बेलायतको राजधानी लण्डनबाट प्रकाशित हुने लोकप्रिय पत्रिका दि बैंकरु ले बैंकलाई उक्त उपाधि दिएको हो। दि बैंकर को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको हो । 

त्यस्तै एनएमबि बैंकले  ुबैंक अफ दि एयर २०२१ नेपालु को अवार्ड पनि जितेको छ। पछिल्लो ५ बर्षमा एनएमबि बैंकले  ुबैंक अफ दि एयर नेपालु को अवार्ड चौथो पटक जितेको हो । 

ुबैंक अफ द इयर २०२१ एसियाु  उपाधिले विश्वव्यापीरुपमा बैंकिङ क्षेत्रमा उसले देखाएको उत्कृष्टताको पनि पुनः परिभाषित गरेको छ । उक्त उपाधि दिँदा निश्चित केही मापदण्डलाई आधार बनाइन्छ । त्यसमा सम्पूर्ण सेयरधनी, बैंकको वित्तीय प्रदर्शन, शेयरधारकको मूल्य, ग्राहकका सन्तुष्टि जस्ता प्यारामिटरलाई हेरिन्छ ।

५ वर्षको बीचमा चार  पटक बैंक अफ दि इयर नेपाल र नेपालको बैंकहरुमै पहिलो पटक ुबैंक अफ दि इयर २०२१ एसियाु उपाधि पाउँदा आफुहरु असाध्यै खुसी भएको बैंकका अध्यक्ष पावल गोल्यानले जनाएका छन्। 

एनएमबिले आफैंलाई बैंकको रूपमा जुन काम भिन्न तरिकाले गर्दै आएको छ, त्यसले उसलाई संस्थागत विकास मात्रै नगरी सफल बैंकको रुपमा समेत अनुवाद गरेको छ । एनएमबिले नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा डिजिटलाइजेशनलाई समेत केन्द्रबिन्दुमा राखेको छ ।

निष्ठामा आधारित दिगो मूल्य एवम् दीर्घकालीन सोचका साथ आफना कामलाई बढावा दिने बैंकको अभियानले अन्तर्राष्ट्रियरुपमा समेत आफूलाई सशक्त रुपमा उभ्याएको छ ।

एनएमबि आज सबैभन्दा मनपर्दो नेपाली बैंकका रुपमा स्थापित भएको तथ्य अन्तर्राष्ट्रिय रुपमा नै स्थापित छ । विषम अवस्थामा समेत वैदेशिक लगानी ल्याएर आफूलाई सबल संस्थाको रुपमा स्थापित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।