image
image

नोभेम्बरमा हवाई मार्गबाट २६ हजार पर्यटक नेपाल भित्रिए  

काठमाडौँ, १६, मंसिर । नोभेम्बरमा हवाई मार्गबाट २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । गत वर्षको नोभेम्बरमा पालमा हवाई मार्गबाट १ हजार ९५६ जना विदेशी आएका थिए ।

कोरोना महामारीको जोखिम कम भएको र क्वारेण्टीन तथा भिसा प्रक्रिया सहज भएकाले यो वर्ष पर्यटकको सङ्ख्या बढेको पर्यटन बोर्डको भनाई छ । 

कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को नोभेम्बर महिनामा हवाई मार्गबाट १ लाख ३० हजार ३०२ जना पर्यटक नेपाल आएका पर्यटक विभागको तथ्याङ्क छ । 

यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा १ लाख २६ हजार २८३ जना पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।