image
image

त्रिभुवन विमानस्थलबाट मंगलबार विमानस्थलमा ११ केजी सुन बरामद

काठमाडौँ, १५, मंसिर । त्रिभुवन विमानस्थलबाट मंगलबार पनि ११ केजी सुन बरामद भएको छ । विदेशबाट नेपाल आएका २ सय २१ जना यात्रुबाट ११ केजी बराबर सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

बरामद गरिएकोमध्ये मंगलबार नै एक सय ४७ जना यात्रुले भन्सार महसुल बुझाई ६ केजी ९८२ ग्राम सुन फिर्ता लगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए ।

यसवापत भन्सार कार्यालयले ६७ लाख ३० हजार ९ सय १२ रुपैयाँ राजस्व संकलन गरेको उनले बताए । ‘बाँकी करिब ४ केजी सुन भन्सारकै लकरमा हिजो डिपोजिट भएको छ, उनले भने, ‘सोमबारभन्दा मंगलबार सुन ल्याउने यात्रु कम पाइएको छ ।

सोमबार पनि विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट २१ केजी बराबर सुन बरामद गरिएको थियो । उनीहरुले प्रतिव्यक्ति ५०– ६० ग्रामसम्म सुन ल्याएका थिए । पछिल्लो समय विदेसिएकाले फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।