image
image

कामदारलाई सेवासुविधा नदिने विदेशी कम्पनीलाई कालो सूचीमा राखिने

काठमाडौँ, १५, मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सम्झौताअनुसार सेवासुविधा नदिने विदेशी कम्पनीहरुलाई कालो सूचीमा राखिने बताएका छन् । 

वैदेशिक रोजगारीबाट फर्किएकाहरुसँग वैदेशिक रोजगारी र नेपाली समाजमा पुनःएकीकरणबारे सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखेर त्यस्ता कम्पनीहरुको श्रम स्वीकृति रोक्ने बताएका हुन् ।

छलफलमा वैदेशिक रोजगारीबाट फर्किएकाहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका गैरसरकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई  पुनर्मिलन, सामाजिक तथा आर्थिकरूपमा  सशक्तिकरण गर्दै अगाडि बढाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।