image
image

एनएमबी लघुवित्तले माग्यो कर्मचारी

काठमाडौँ, १५, मंसिर । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । 
संस्थाले अधिकृत श्रेणीका लागि विभागीय प्रमुख (जनशक्ति व्यवस्थापन) का लागि १ जना, विभागीय प्रमुख (आन्तरिक लेखापरीक्षण वित्त व्यवस्थापन) का लागि १ जना र सहायक श्रेणीका लागि केही सङ्ख्यामा कनिष्ठ सहायक प्रशिक्षार्थी गरी जम्मा तीन पदामा कर्मचारीको माग गरेको हो । 

संस्थाले एक सूचना जारी गर्दै उक्त कर्मचारी मागको दरखास्त आह्वान गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र तह उत्तीर्ण देखी स्नातक तह उत्तीर्णसम्मका इच्छुक नागरिकले आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको वेबसाइट मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।