image
image

ओमिक्रोन संक्रमणको उच्च जोखिमपछि विभिन्न मुलुकले लगाए यात्रामा प्रतिबन्ध

काठमाडौँ, १४, मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम रहेको चेतावनी दिएपछि विभिन्न देशमा विदेश पर्यटक प्रवेशमा रोक लगाइएको छ। अमेरिका र युरोपमा अफ्रिकी देशका नागरिक प्रवेशमा रोक लगाइएको छ भने अन्य देशले पनि यात्रामा प्रतिबन्ध लगाउन थालेका छन्।  

डब्ल्यूएचओले यो भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको छ। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो। प्रारम्भिक प्रमाणले यसको संक्रमण जोखिम धेरै रहेको देखाएका थिए। उक्त भेरियन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशमामा खोप पठाउन फेरि आग्रह गरेका छन्। उनले नयाँ भेरियन्टबारे अध्ययन जारी रहेको पनि बताए। उनले भने, ‘विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरिअन्ट उच्च सङ्क्रामक छ वा छैन र पुनः संक्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेका छन्।’ डब्ल्यूएचओका अनुसार नयाँ भेरियन्टका कारण कसैको ज्यान गएको तथ्या बाहिर आएको छैन। 

अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ। इजरायलले विदेशीलाई देश प्रवेशमाथि प्रतिबन्ध लगाएको छ। बेलायत, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्यान्स्‌लगायत थुप्रै देशमा यो नयाँ भेरियन्ट देखिइसकेको छ। अमेरिका, बेलायत र युरोपेली संघले दक्षिण अफ्रिकी देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाइसकेका छन्। जापानले नयाँ विदेशी पर्यटकलाई मंगलबार रातिदेखि सीमा बन्द गरिने घोषणा गरेको छ। अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ। इजरायलले विदेशीलाई देश प्रवेशमाथि प्रतिबन्ध लगाएको छ। 

बेलायतमा ओमिक्रोनको नयाँ लहर रोक्न मद्दत पुगोस् भनेर १८ वर्षमाथिका सबैलाई कोभिडको बुस्टर खोप दिन लागिएको छ। यस्तै अमेरिकी राष्ट्रपतिले पनि आफ्ना सबै नागरिकलाई बुस्टर खोप लगाउन भनेका छन्। उनले घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।