image
image
टर्कीका राजदूतद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट, अर्को वर्ष नेपालमा आवासीय दूतावास खोल्ने

टर्कीका राजदूतद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट, अर्को वर्ष नेपालमा आवासीय दूतावास खोल्ने

काठमाडौँ, १४, मंसिर । नेपालका लागि टर्कीका गैरआवासीय राजदूत फिरात सुनेलले परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा नेपालमा टर्कीको दूतावास खोल्ने विषयमा दुई देश सहमतिमा पुगेको छ।

अर्को वर्ष नेपाल र टर्कीबिच कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुग्दैछ। सो अवसरमा टर्कीले नेपालमा आवासीय दूतावास खोल्ने निर्णय गरेको छ। भेटका क्रममा राजदूत सुनेलले यस विषयमा परराष्ट्रमन्त्री खड्कालाई जानकारी गराएका थिए।

यसअघि राजदूत सुनेलले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा अंकारामा पनि नेपाली दूतावास खोल्ने विषयमा कुरा भएको राजदूत सुनेलले जानकारी दिएका छन्।

भारतका लागि टर्कीका आवासीय राजदूत सुनेल नेपालका लागि गैरआवासीय राजदूत हुन्। नेपालमा उनी आफ्नो ओहोदाको प्रमाण पत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्न आएका हुन्।

यसबिच उनले नेपालका विभिन्न सांस्कृतिक सम्पदाको भ्रमण गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।