image
image

चीनको कारागारबाट भागेका एक उत्तर कोरियाली पक्राउ

काठमाडौँ, १४, मंसिर । चीनको एउटा कारागारबाट भागेका एक उत्तर कोरियाली नागरिक पक्राउ परेका छन् । जू श्यान्जिएन नाम गरेका उत्तर कोरियाली नागरिक ४० दिनपछि चीनमा पक्राउ परेका हुन् ।  

उनलाई पक्राउ गर्न सूचना दिने व्यक्तिलाई १ लाख ९ हजार डलर पुरस्कार दिइने घोषणा गरिएको थियो । जू सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन पुगेका थिए । उनलाई चोरी गरेको र गैरकानुनी ढंगले  चीन प्रवेश गरेको अभियोगमा चीनको एउटा अदालतले दोषी ठहर गरेको थियो ।

उनी १९ अक्टोबरमा जेलको छतमा पुगेर उफ्रेर विद्युतीय बार नाघेका थिए । सुरक्षाकर्मीले पक्राउ गर्न खोजे पनि चालिस दिनदेखि फरार थिए । उनको खोजी चिनियाँ सामाजिक सञ्जालमा व्यापक चासोको विषय बनेको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।