सामाजिक सुरक्षा कोष :आश्रित परिवारले पाउन थाले पेन्सन
काठमाडौँ १३ मङ्सिर । २०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आएसँगै ११ मंसिर २०७५ देखि शुरु भएको सामाजिक सुरक्षा कोष बाट १२३ योगदानकर्ताको आश्रित परिवारले मात्र पेन्सन पाएका छन् । कोषले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक र रोजगारदाता कम्पनीलाई सूचीकृत गर्दै योगदानकर्ताका हकमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार किसिमका सुविधा लागू गरेको थियो ।
रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टा गरी उक्त रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। सोहि व्यवस्था अनुसार कोषमा आबद्ध १२३ योगदानकर्ताको आश्रित परिवारलाई एक करोड १३ लाख रुपैयाँ भुक्तानी भएको हो ।
कोषमा आबद्ध योगदानकर्तामध्ये अहिलेसम्म छ हजार ४५० योगदानकर्तालाई सात करोड १६ लाख ८५ हजार रुपैयाँ औषधि उपचार, १९१ योगदानकर्ताको दुर्घटनाबापतको ६० लाख ५८ हजार रुपैयाँ उपचार खर्च भुक्तानी गरिएको छ ।