image

विद्यालय कोषको रकम हिनामिना गर्ने पूर्वप्रधानाध्यापक र लेखापालविरूद्ध मुद्दा

काठमाडौँ १३ मङ्सिर । भ्रष्टाचार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित दुई जनाविरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौँस्थित विशेष अदालतमा यशोधरा गाउँपालिका-५, बैदौलीस्थित अनिरूद्र पब्लिक माध्यामिक विद्यालय कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल असर्फी यादवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। 

उनीहरूले ७ लाख ८२ हजार ६५१ रुपैयाँ भ्रष्टाचार गरी सार्वजनिक सम्पत्तीमा हानिनोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। त्रिपाठीले आर्थिक वर्ष २०७४/०७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाएर हिनामिना गरेको भन्ने उजुरी परेको थियो। 

उजुरी अनुसार अनुसन्धान गर्दा उनी र लेखापाल यादवले मिलेर विद्यालयको कोषबाट रकम निकालेर निर्माणमा खर्च नगरी हिनामिना गरेको देखिएको प्रवक्ता रिजालले बताएका छन्। 

हिनामिना गरेको देखिएको भन्दै अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम एक वर्ष छ महिनादेखि दुई वर्ष छ महिना कैद र ७ लाख ८२ हजार ६५१ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।