नेपाली महिला बेचबिखनमा संलग्न क्यानडाका व्यापारी जेठालाई ३० वर्ष जेल सजाय
काठमाडौँ १३ मङ्सिर । नेपाली महिला बेचबिखनमा संलग्न क्यानडाका व्यापारी आसिफ अमिराली अलीभाई जेठालाई ३० वर्ष जेल सजाय तोकिएको छ । ती व्यापारीले नबालिका नेपाली किशोरीसहित १२ नेपाली मूलका महिलाको यौन शोषण गर्ने उद्देश्यले हिरासतमा राखी बेचबिखनमा संलग्न भएको पाईएपछि अदालतले जेल सजाय सुनाएको हो ।
त्यस्तै जेठाले श्रम स्वीकृति बिना व्यापार गरेको तथा अवैध रूपमा विदेशीलाई काम लगाएको आरोपमा १ लाख देखि १० लाखसम्म जरिवाना गरिएको छ। सन् २०१९ मा मोम्बासाको न्यालीस्थित अमके प्लाजामा रहेको जेठाको रंगीला ग्रिल एण्ड बारमा ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम युनिटका गुप्तचरहरूले छापा मारेर १२ जना केटीहरूलाई उद्धार गरेका थिए।