नेपाली चिया चीन निर्यातका लागि बाटो खुल्दै
काठमाडौँ, १३, मंसिर । नेपाली चिया उत्तरी छिमेकी मुलु चीन निर्यात गर्न नेपाल–चीनबीच दुईदेशीय समझदारीपत्र(एमओयू) हुने भएको छ । नेपाली चियाको अन्र्तराष्ट्रिय बजार विस्तार गर्नका लागि नेपालले चीन सरकारसँग एमओयू गर्न लागेको हो ।
चीनसँग एमओयू गर्नका लागि आवश्यक ड्राफ्ट(मस्यौदा) तयार भइसकेको र केही दिनभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत आवश्यक प्रकृया अघि बढ्ने भएको हो । छिमेकी मुलुक चीनमा पनि नेपाली चिया निर्यातका लागि एमओयू ड्राफ्ट तयार भइसकेको र केही दिन भित्रै मन्त्रालयको तर्फबाट कुटनीतिक पहलमार्फत एमओयू गर्ने तयारी रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराइले कृषिपानालाई जानकारी दिए ।
उत्तरी छिमेकी मुलुक चीनसँग नेपाली चिया निर्यातका लागि बाटो खोल्न समझदारीपत्र (एमओयू) गर्ने तयारीमा छौं । एमओयू ड्राफ्टको जिम्मेवारी समेत बोर्डलाई भएकाले त्यसको मस्यौदा फाइनल भइसकेको छ । अब कुटनीतिक हिसावले कृषिमन्त्रालयमार्फत प्रकृया अघि बढाउँदैछौं, उनले बताए ।
उनले केही दिन भित्र औपचारिक रुपमा एमओयूको ड्राफ्टलाई मूर्त रुप दिएर अघि बढ्ने बताए । बोर्डले एमओयूका लागि आवश्यक मस्यौदाको प्रतिवेदन तयार पारिसकेको छ ।
एमओयू मस्यौदाको प्रस्ताव बोर्डमार्फत मन्त्रालयमा पेश भइसकेको छ । मन्त्रालयले आवश्यक कानुनी परामर्श लिएर सुझावका आधारमा अन्तिम रुपमा दिनेछ । त्यसलगत्तै कुटनीतिक छलफल र वार्तामार्फत चीनसँग एमओयू गर्ने तयारी रहेको उनले बताए । एमओयू भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारीसमा उत्तः प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत भएर कार्यान्वयनमा आउनेछ । त्यसपछि,नेपाली चिया निर्वाध रुपमा चीन निर्यात हुनेछ भने चीनका व्यापारी तथा उद्योगीहरु नेपाल आयात चिया निर्यात गर्नेछन् ।
नेपालबाट जति चिया निर्यात हुन्छ, त्यसको ८० प्रतिशत भारत र अन्य मुलुकहरु जस्तैः अमेरिका, डेनमार्क, क्यानडा, बेलायतलगायतका मुलुकमा पनि नेपाली चिया निर्यात हुँदै आएको छ ।