वडा अधिवेशनमा मन्त्रीका पिएसओले गोली चलाए
काठमाडौँ १२ मङ्सिर । नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ। जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन्।
आइतबार बलारा नगरपालिकाको ९ नम्बर वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउण्ड हवाई फायर गरेको स्रोतले जनाएको छ।अहिले स्थिति सामान्य रहेको उनको भनाइ छ ।
बलरा नगरपालिका–९ को वडा अधिवेशन चलिरहेका बेला विवाद भएको थियो । त्यसपछि अधिवेशन रोकिएको छ ।