‘ओमिक्रोन’ भेरियन्टले बढायो चुनौती
काठमाडौँ १२ मङ्सिर । दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ यूके, जर्मनी, इटली, अष्ट्रेलिया हुँदै भारतमा पनि संक्रमण भेटिएपछि नेपलमा पनि ठुलो चुनौती बढेको छ । यसरि नयाँ भेरियन्ट विश्व भर फैलिदै गर्दा नेपालमा पनि त्रास बढेको छ । विज्ञहरुले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आह्वन गरिरहेका छन् ।
नेपालमा ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी बारे कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बसेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ ‘ओमिक्रोन’लाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि नेपालले अब अनिवार्य क्वारेन्टिन बस्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो । यद्यपि कोरोनाविरुद्धको खोप लगाइसकेकालाई होटल क्वारेन्टिको अनिवार्यता नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डब्लूएचओका अनुसार यो भेरियन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको थियो । पहिलाका उत्परिवर्तनभन्दा अहिले पुष्टि भएकाले उत्परिवर्तनहरु थप घातक छन् कि छैनन् भन्ने स्पष्ट तथ्य भने आइसकेको छैन । यस्तै छिमेकी मुलुक भारतले अफ्रिका र हङकङबट प्रवेश गर्ने यात्रुलाई निगरानी राख्न निर्देशन दिएको छ ।