image
image

नेप्सेमा उच्च अंकको गिरावट भएपनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडौँ  १२ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ ।  आज नेप्से ८०.२९ अंकले घटेर दुई हजार ६ सय ५१ दशमलब ४९ विन्दुमा पुगेको हो ।

आज २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २ सय २ शेयर ७० हजार ८ सय ४२ पटक कारोबार भएको छ  । त्यस्तै, आज ५ अर्ब ८३ करोड ५१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा राताम्मे छाएको छ । आज कूल १३ समूह मध्ये सबै समूह घटेर राताम्मे भएका छन्  ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा आइसीएफसी फाइनान्स र सामलिङ पावर कम्पनी रहेको छ । आज आइसीएफसी फाइनान्सको शेयरमूल्य ९.७८ प्रतिशतले बढेर प्रतिकित्ता ९३२ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ३४६.८० रुपैयाँ पुगेको छ ।         


त्यस्तै, आज हिमालयन पावर पार्टनर र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा गिरावट आएको छ । आज यी कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज २९ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।   

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।