image
image
कोरोनाको नयाँ भेरियन्टका शङ्कास्पद सङ्क्रमित भेटिएसँगै जर्मनीमा उच्च सतर्कता   

कोरोनाको नयाँ भेरियन्टका शङ्कास्पद सङ्क्रमित भेटिएसँगै जर्मनीमा उच्च सतर्कता   

काठमाडौँ, १२, मंसिर । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता अपनाइएको छ ।

दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्ति नयाँ भेरियन्टबाट सङ्क्रमित भएको हुनसक्ने  पश्चिमी राज्य हेस्सीका सामाजिक मामिलामन्त्री काइ क्रोजले ट्विटमा उल्लेख गर्नुभएको छ । उहाँले ती व्यक्तिमा ‘ओमिक्रोन’ भेरियन्टको बलियो सम्भावना रहेको र होम क्वरेण्टीनमा राखिएको बताउनुभएको छ ।

तर पुष्टिका लागि थप अनुसन्धान हुन बाँकी नै रहेको समाचार संस्था एएफपीले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले नयाँ भेरियन्ट ओमिक्रोनलाई चिन्ताको विषय घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।