झन्डै दुई लाख अमेरिकी डलर सहित एक जना पक्राउ
काठमाडौँ ११ मङ्सिर । कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ छन् । प्रहरीले बरामद गरेको रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ ।
प्रहरीले प्रारम्भिक बयान लिँदा गुरुङले कहाँबाट यति धेरै डलर ल्याएको र कहाँ लैजान लागेको खुलाएका छैनन्। अनुसन्धानमा खटिएका प्रहरीले सुन तस्करीका लागि उक्त डलर प्रयोग गर्न खोजिएको अनुमान गरेका छन्। पोखराका स्थानीय बजारबाट भन्दा पनि अन्तरदेशीय सुन तस्करीका लागि उक्त डलर प्रयोग हुन सक्ने उनीहरूको अनुमान छ। चीन र भारतमा सुन तस्करी गर्न नेपाली रुपैयाँ नचल्ने भएकाले डलरको प्रयोग भएको हुन सक्ने उनीहरूले आशंका गरेका छन्।
उत्तरी गोरखाबाट तिब्बत जोड्ने नाकाबाट बेलाबखत सुन तस्करी पक्राउ पर्ने गरेका छन्। यस्तै, मनाङ र मुस्ताङको बाटोबाट पनि तस्करी हुन सक्ने प्रहरीले आशंका गरेको छ। चीनबाट अवैध रूपमा सुन ल्याएर भारत पठाउन डलरको प्रयोग भएको आशंका गरिएको एसपी थापाले बताए।
प्रारम्भिक बयानका क्रममा गुरुङले यसअघि पनि यसरी नै ठूलो परिमाणमा डलर लिएर पोखरा आउने गरेको स्वीकार गरेका छन्। गुरुङसँग डलर बरामद गरेपछि प्रहरीले नेपाल राष्ट्र बैंकका प्राविधिकलाई परीक्षण गराएका थिए। राष्ट्र बैंकका कर्मचारीले मेसिनमा राखेर बरामद डलर परीक्षण गरेका थिए।
डलरसहित पक्राउ परेका गुरुङको साथबाट प्रहरीले २ वटा मोबाइल, नेपाली नागरिकता र १ थान चेकबुक पनि नियन्त्रणमा लिएको छ। गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान विभाग काठाडौंको जिम्मा लगाउने प्रहरीको तयारी छ। गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन–२०१९ र विदेशी मुद्रा अपचलन सम्बन्धी ऐन अनुसार कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको एसपी थापाले बताए।