image
image

चुनढुङ्गाको जथाभावी उत्खननले स्थानीयवासी समस्यामा

काठमाडौँ ११ मङ्सिर । हेटौँडा उपमहानगरपालिका–१५ मा सञ्चालित ऋद्दिसिद्दी सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयवासी समस्या भोग्दै आएका छन् ।

सो उद्योगले मापदण्डविपरीत जथाभावीरुपमा चुनढुङ्गा खानी क्षेत्र उत्खनन गर्दा राक्सिराङ गाउँपालिकाका स्थानीय बासिन्दा सस्यामा परेका हुन् । चुनढुङ्गा उत्खनन कार्यले खानी क्षेत्रको आसपासको सडक बिग्रिने भत्किने, धुलो धुवाँ उड्ने, ध्वनि प्रदूषणलगायत वातावरणीय समस्याबाट स्थानीयवासी पीडित भएकाले उत्खनन कार्य तत्काल रोक्न स्थानीयवासीले माग गरेका छन् ।

सो गाउँपालिका–४ का वडाध्यक्ष सञ्जय कोइरालाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई आज एक ज्ञापनपत्र वुझाउँदै उत्खनन कार्य तत्काल रोक्न माग गर्नुभएको हो । सो उधोगको राक्सिराङ गाउँपालिका–४ मा चुनढुङ्गा खानी रहेको र चुनढुङ्गाका लागि मापदण्डविपरित उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेकाले त्यस्ता कार्य तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई पाँच बुँदै ज्ञापनपत्र बुझाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चुनढुङ्गा झिक्दा पन्छाएका अन्य ढुङ्गा, गिटी, माटो सर्वसाधारणको जग्गामा फाल्ने गरेका कारण पनि स्थानीयवासी समस्या भोग्न बाध्य भएका छन् । विशेषगरी सिमेन्ट उद्योगद्वारा सञ्चालित चुनढुङ्गा खानीका क्षेत्रमा दिनहुँ उत्खनन गर्दा हेवी मेसिन उपकरणको प्रयोग, टिपरको आवतजावत हुनेहुँदा सडक बिग्रिएकाले स्थानीयवासीमा समस्या हुँदै आएको छ । खानीमा उत्खनन गर्दा पाँच प्रतिशत चुनढुङ्गा निकाल्नका लागि ९५ प्रतिशत अरु ढुङ्गा, गिटी र माटो पन्छाएर बाहिर फाल्नुपर्ने हुन्छ । व्यवस्थितरुपमा उत्खनन कार्य नहुँदा समस्या बल्झिँदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।