image
image
बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

काठमाडौँ  १० मङ्सिर ।जुम्लाको तिला गाउँपालिका–९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडाका १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावतको धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।

स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रवार बिहान ७ बजे बालुवा संकलनका लागि  बालुवा खानी पसेका थिए ।बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरिएकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल जुम्ला सदरमुकाम खलंगाबाट करीब ३५ कोष टाढा छ । 

उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित  प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै  मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने उनले बताइन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।