image
image

राष्ट्रिय जनगणना सम्पन्न

काठमाडौँ, १०, मंसिर । नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार सकिएको हो । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।

जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या दुई करोड ८५ लाखदेखि तीन करोडको हाराहारीमा पुग्ने अनुमान गरिएको विभागले जनाएके छ । विभागका अनुसार जनगणनाबाट सोधिएका प्रश्नको पूर्ण विवरण आउन एक वर्ष लाग्नेछ । गणकले सोधिएका प्रश्नको तथ्याङ्क कम्प्युटरमा अपलोड गर्न ६ देखि ९ महिना लाग्ने र त्यसको तीन महिनामा पूर्ण विवरण आउने गरी विभागले काम अगाडि बढाउनेछ ।

नेपालको कुल जनसंख्या , महिला र पुरुषको कुल सङ्ख्या भने दुईदेखि तीन महिनामा आइसक्नेछ । केही दिनभित्रमै गणकले भरेको फारामलाई जिल्ला र प्रदेश जनगणना कार्यालयमा ल्याउने र त्यहाँबाट फाराम केन्द्रीय तथ्याङ्क विभाग ल्याउने प्रक्रिया अगाडि बढ्ने छ ।

विभागले पुसदेखि करिब तीन सय जना तथ्याङ्क अभिलेखीकरण गर्न करारमा कर्मचारी भर्ना गरिने गर्ने भएको छ। मंसिरभित्र सबै जिल्ला तथा प्रदेश कार्यालय बन्द गरी फाराम केन्द्रीय तथ्याङ्क विभागमा ल्याइनेछ । सरकारले जनगणना–२०७८ का लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।