image
image

स्मार्ट लाइसेन्स कार्ड सबैले नपाउने  

काठमाडौँ, १०, मंसिर । यातायात विभागले मगाएको स्मार्ट लाइसेन्सका लागि अघिल्लो बर्षको असारमा फ्रान्सेली कम्पनी सेल्प एसएसएललाई टेण्डर आह्वान गरेको थियो । यातायात विभागले जिम्मा दिएको सो कम्पनीले १४ लाख स्मार्ट कार्ड ल्याएको छ । १४ लाख स्मार्ट कार्ड ल्याए पनि नेपालमा स्मार्ट लाइसेन्सका माग अनुसार स्मार्ट कार्ड सेवाग्राहीलाई स्मार्ट लाइसेन्स दिन नसक्ने भएको छ ।

यातायात व्यवस्था विभागले १४ लाख स्मार्ट कार्ड आइपुगेको जानकारी दिएको छ । यो लटमा स्मार्टकार्ड नपाउने सेवाग्राहीले अर्को पटकको टेण्डरबाट कार्ड ल्याएपछि मात्रै लाइसेन्स पाउने बताइएको छ । 

सो कार्ड हाल भन्सारमा आइपुगेको छ । तर, ल्याइएको कार्ड भन्दा आठ लाख बढी सेवाग्राहीले लाइसेन्सका लागि मात्रै आवेदन दिएका छन भने अघिल्लो बर्षको लकडाउनदेखि अहिलेसम्म १५ लाख बढी नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन । ट्रायल कटाउने मात्रै ७ लाख बढी रहेको विभागले जनाएको छ । 

अहिले विभागले विदेश जानेका लागि मात्रै अर्जेण्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ । अर्जेण्ट कार्डका लागि  यातायात व्यवस्था विभागसँग सिमित कार्ड मात्रै बाँकी छ । विभागले कार्ड अभावका कारण चालक अनुमति पत्र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीलाई समेत स्मार्ट कार्ड उपलब्ध गराउन सकेको छैन ।

विभागको अनलाइन आवेदनमा हाल अफिस समयमा बन्द गरिए पनि दैनिक २२ हजारले नयाँ लाइसेन्सका लागि आवेदन दिइरहेको र शुरु शुरुमा ५० देखि ७० हजारको संख्यामा लाइसेन्स आवेदक देखिएको ती अधिकारीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।