image

यूएईमा-नयाँ-श्रम-कानुन-लागू-हुँदै, अब  सम्झौतामा उल्लेख भएभन्दा बढी समय काममा लगाउने नपाउने

यूएईमा-नयाँ-श्रम-कानुन-लागू-हुँदै, अब सम्झौतामा उल्लेख भएभन्दा बढी समय काममा लगाउने नपाउने

काठमाडौँ  ९ मङ्सिर । यूएईले अब चाँडै कार्यान्वयनमा आउने गरि आफ्नो पुरानो श्रम कानुनमा निजी क्षेत्रको श्रम नियममाथि केही परिमार्जन गरेको छ ।अहिलेसम्म त्यहाँको निजी क्षेत्रको श्रममाथि नियमन गर्दै आएको सन् १९९० को संघीय कानुन नम्बर ८ लाई २०२१ को संघीय कानुन नम्बर ३३ ले विस्थापित गर्ने बताइएको छ ।

२०२१ को संघीय कानुन २०२२ को फेब्रुअरी २ देखि कार्यान्वयनमा आउने जनाइएको छ । यस नयाँ कानुनको धारा १७ र १८ मा निजी क्षेत्रमा कार्यरत श्रमिकहरुको काम गर्ने समयको बारे उल्लेख गरेको छ । यसले श्रमिकले सबैभन्दा धेरै कति घण्टासम्म काम गर्न सक्ने भन्ने बारेमा प्रष्ट पारेको छ । यो नियमले कार्यालयमै गएर काम गर्ने र टाढाबाट काम गर्नेहरुको समयलाई कसरी गणना गर्ने भन्ने कुरालाई पनि समेटेको छ ।

धारा १७ ले निजी कम्पनीमा काम गर्ने श्रमिकले बढीमा ८ घण्टा र हप्तामा ४८ घण्टासम्म काम गर्ने व्यवस्था गरेको छ । कार्यकारी नियमद्वारा तोकिएका निश्चित वर्गबाहेकलाई आफ्नो निवासदेखि कार्य क्षेत्रसम्म पुग्न लाग्ने समय अफिसको ‘वर्किङ आवर’मा समेटिने छैन ।

यस्तै श्रमिकलाई करार सम्झौतामा उल्लेख भएभन्दा बढी समय काममा लगाउने पाइने छैन । त्यसरी काममा लगाउनैपर्ने भएमा पनि लिखित कागज गरेर मात्र काममा लगाउनुपर्ने नियममा उल्लेख छ ।

यदि श्रमिकले अफिस नआएर घरबाटै वा यूएई बाहिर रहेर काम गर्छु भनेमा रोजगारदाताले उपयुक्त समय उपलब्ध गराइदिनुपर्ने पनि नयाँ कानुनमा उल्लेख छ । 

यस्तै धारा १८ मा एक वा त्यो भन्दा बढी ‘ब्रेक’बिना लगातार पाँच घण्टा काम गर्न नसकिने भन्दै आठ घण्टाको अवधिमा समग्रमा कम्तीमा एक घण्टाको ‘ब्रेक’ लिन सकिने र त्यो समय ‘वर्किङ आवर’मा नसमेटिने उल्लेख छ । यस्तै ‘ब्रेक’को समय र काम गर्ने अवधिलाई पालैपाले मिलाउन सकिने पनि उल्लेख छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।