आज निको हुने भन्दा संक्रमित बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ ९ मङ्सिर आज नेपालमा कोरोना भाइरसका ३ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार २ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज २ सय ९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १ हजार ४ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ८१ र एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।