image

बैतडीको पञ्चेश्वर गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

बैतडीको पञ्चेश्वर गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

काठमाडौँ, ९, मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । 

स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा दिइएको बताइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सङ्घसंस्था, वित्तिय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने जनाइएको छ ।  

यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।