image

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग

काठमाडौँ, ९, मंसिर । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । 

बुधबार प्रधानमन्त्रीलाई भेटेर उनीहरुले ज्ञापन बुझाएका हुन् । त्यसक्रममा विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा अत्यधिक कर लगाइएको भन्दै कर घटाएर मूल्य घटाउन माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले त्यसबारे बुझेर आवश्यक निर्णय लिने बताएको अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, वैद्य निकट अखिल क्रान्तिकारी, अखिल (छैठौं) र विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त आन्दोलन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।