image

४ महिनामै ६ खर्ब ५० अर्ब रुपियाँ बराबरको वस्तु आयात

४ महिनामै ६ खर्ब ५० अर्ब रुपियाँ बराबरको वस्तु आयात

काठमाडौँ, ९, मंसिर । बजारमा  तरलताको समस्या कायम रहँदा नेपालको आयात भने चुलिएको छ।  भन्सार  विभागले  बुधबार  सार्वजनिक  गरेको चालू आर्थिक वर्ष २०७८/७९ को कात्तिकसम्मको अन्तर्राष्ट्रिय  व्यापार  तथ्याङ्कअनुसार  नेपालबाट चार  महिनामै  वस्तु  आयातबापत  छ  खर्ब  ५०  अर्ब रुपियाँ बाहिरिएको छ।

 यो अघिल्लो आवको चार महिनाको तुलनामा करिब  ६२  प्रतिशतले  बढी  हो।  गत  कात्तिकसम्म नेपालले  चार  खर्ब  रुपियाँ  बरारबको  वस्तु  आयात गरेको थियो। कात्तिकसम्म  सबैभन्दा  बढी  ३४  अर्ब  ३३ करोड रुपियाँको वस्तु आयात गरेको छ। त्यसपछि १८ अर्ब ७५ करोड रुपियाँको कच्चा भटमास तेल, १८ अर्ब ६६ करोड रुपियाँको पेट्रोल, १७ अर्ब ६६ करोड  रुपियाँको  अर्धतयार  फलाम  तथा  स्टिलका उत्पादन  र  १७  अर्ब  ४३  करोड  रुपियाँको  एलपी ग्यास  आयात  भएको  छ।  

सरकारले  सबैभन्दा  धेरै चिन्ता  देखाएको  सुन  भने  १०  अर्ब  ४३  करोड रुपियाँको आयात भएको देखिन्छ। नेपालले सबैभन्दा धेरै भारतबाट तीन खर्ब ८६ अर्ब  रुपियाँको  वस्तु  आयात  गरेको  छ।  त्यसपछि चीनबाट ९४ करोड ३० लाख, इन्डोनेसियाबाट २३ अर्ब २६ करोड, अर्जेन्टिनाबाट १९ अर्ब ९१ करोड र  संयुक्त  अरब  इमिरेट्सबाट  १८  अर्ब  ३८  करोड रुपियाँको वस्तु आयात भएको तथ्याङ्क छ। 

आयात  चुलिए  पनि  निर्यातमा  भएको  वृद्धि दरले  व्यापार  घाटा  सामान्य  भए  पनि  कम  गर्न सहयोग पुगेको छ। कात्तिकसम्म नेपालले ८२ अर्ब १२  करोड  रुपियाँ  बराबरको  वस्तु  निर्यात  गरेको छ। जुन अघिल्लो कात्तिकको तुलनामा दोब्बरभन्दा बढी हो, गोरखापत्रमा खबर छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।