image
image

आज निको हुने भन्दा १०० बढी संक्रमित, यस्तो छ पछिल्लो विवरण 

 काठमाडौँ  ८ मङ्सिर । नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार ३३२ जना संक्रमित थपिएका हुन्।


पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ।२३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।