किन पाईलट शेर्पाले रुकुम जाने विमान नेपालगन्ज अवतरण गरे? यस्तो रहेछ कारण (विज्ञप्तिसहित)
काठमाडौँ ८ मङ्सिर । सोमबार काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले विमानस्थलको लागि उडेको नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण भएको कुरा सामाजिक सनाजलामा भईर भएको थियो । धेरै सर्वसाधारणले पाईलट पेम्बा सेर्पालाई नै हसिमजाक र गाली गरेको समेत पाईएको थियो । तर पाईलट सेर्पाले डिउटी आवर सकिएरै नै अवतरण गर्न वाध्य भएका रहेछन् ।
अन्तर्राष्ट्रिय उडानसम्बन्धी नियम अनुसार पाइलट शेर्पाको डिउटी आवर ४ बजेसम्म मात्र बाँकी रहेछ । सोहि नियम अनुसार नै पाईलट शेर्पाले नेपालगन्ज विमानस्थलमा अवतरण गराएका रहेछन्। यस बारे बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले सो घटना बारे उठेको टिका टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपालगञ्जत अवतरण गराउनु बाध्यता भएको बताएको छ ।
त्यस्तै एक पाइलटले दैनिक १० घण्टासम्म उडान भर्न सक्ने अन्तर्राष्ट्रिय नियम अनुसार नै उक्त निर्णय लिइएको निगमले विज्ञप्तिमा भनेको छ । दैनिक १० घन्टाभन्दा बढी पाइलटले उडान भर्न पाउने छैनन् । यो अन्तर्राष्ट्रिय नियम विपरित हो ।
मंगलबार बिहान ५ः १५ का लागि काठमाडौँ–रुकुम (सल्ले) उडान तालिका तयको निगमको जहाज खराब मौसमका कारण समयमै उड्न नसकेको र दिउँसो २ः १५ मा फेरी यात्रुहरुलाई फोन गरेर बोलाएर २ः५८ मा मात्र उडेको निगमले जनाएको छ । उक्त जहाज रुकुमको सल्ले पुग्न बेलुकी ५ बज्ने तर जहाजको चालक दल सहितका अन्य कर्मचारीको ड्युटी समय ४ बजेसम्मको मात्र भएकाले नेपालगञ्जसम्म उडान भर्ने निर्णयमा निगम पुगेको उल्लेख छ ।